वाशिंगटन डीसी । न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक राजन थपलियाको शत प्रतिसत जीवनको अधिकतम सफलतापछि अर्को अग्रेजी उपन्यास फिफ्टी फाइव ईयर्सको सारांश सार्बजनिक भएको छ ।
उनको अघिल्लो पुस्तक बिदेशी पत्र पत्रिकामा व्यापक चर्चामा छाएको थियो । उनी लेखकभन्दा पाठक भन्न आफूलाई रुचाउने थपलियाको पछिल्लो पुस्तक सत प्रतिसत जीवन प्रकाशित भएपछि अमेरिका, क्यानडा, बेलायत, भारत अन्य देशमा समेत चर्चामा रहेका थिए ।
यो पुस्तक कैदीमा आधारित छ । पुस्तक ४३ वर्ष जेल जीवन बिताएर रिहा भएका बन्दीको सेरोफेरोमा लेखिएको हो । लेखक थपलियाका अनुसार यस पुस्तकमा लामो समय जेल जीवन बिताई गह्रौं मन लिएर रिहा भएका डेनियल ज्याक्सनलाई प्रस्तुत गरिएको छ ।
१८ वर्षको उमेरमा प्रहरीको हत्या गरेर कारागारमा परेका बु्रकलिनका डानियल ज्याक्सनको बाल्यकालको सपना र उनले भोग्नुपरेको यथार्थबीचको मनोविज्ञानलाई कथामा देखाइएको छ ।
काल्पनिक पात्र डानियलको आत्मकथालाई कथामा प्रस्तुत गरिएको छ भने कथाको अन्त्यमा आत्मकथा लेखेर मरिसकेका डानियल र उनकी प्रेमिकाबीचको दर्दनाक क्षण समेत चित्रण गरिएको छ ।
















प्रतिक्रिया