२९ आश्विन २०८३, बिहिबार

यस्ता छन् मह खाँदा ध्यान दिनुपर्ने कुराहरू

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जाडो मौसममा महको खपत बढ्ने गर्छ । बालबालिकालाई जाडो मौसममा मह खुवाँउदा रुघाखोकी र चिसो हट्छ भन्ने मान्यता छ ।

महमा धेरै गुण भएका कारण यसलाई औषधिका रुपमा प्रयोग हुँदै आएको छ । महको प्रयोग गर्ने सही तरिका थाह भएन भने यसले स्वास्थ्यमा घातक असर समेत पुगाउँछ ।

महलाई सकेसम्म तातो चीजसँग मिसाएर प्रयोग गर्नु हुँदैन । चिया वा कफीमा मह मिसाएर
खानु हुँदैन । चिया या कफीमा मह मिसाएर पिउनालाई शरीरको तापक्रम ह्वात्तै बढाइदिन्छ । यसो गर्नाले शरीरमा स्ट्रेस बढाइदिन्छ ।

मुला र मह एकसाथ खानु हुँदैन । मुलासँग मह खानाले शरीरमा टक्सिनको मात्रा बढ्न थाल्छ । यसले शरीरको अङ्ग ड्यामेज हुने खतरा बढ्छ । मुला र मह खाने समयको अन्तर कम्तिमा पनि १ घन्टा हुनुपर्छ ।

महलाई धेरै तोतो पानीमा मिसाएर खानु हानिकारक मानिन्छ । मनतातो पानीमा मह मिसाएर खान सकिन्छ । त्यसले हानी गर्दैन ।