प्रकाशपुर (सुनसरी), ४ मंसिर । अर्थमन्त्री तथा सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागी नेपाली काँग्रेसका प्रत्यक्षतर्फका उम्मेद्वार ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो राजनीतिक कर्मथलोको विकासका लागि सुनसरीबाट चुनाव लडेको बताएका छन् । सोमबार सुनसरीको प्रकाशपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता कार्कीले आफू प्रकाशपुरको स्थायी बासिन्दा भएको र यो क्षेत्र विकासमा पछाडि परेकोले समग्र क्षेत्रलाई विकसित गराउँदै समुन्नतिको मार्गमा लैजाने आकांक्षाले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वार बनेको दाबी गरे । उनले चुनावपछि जीवनभर यसै क्षेत्रको विकासका लागि काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले आफूलाई झूटा आश्वासनको पुलिन्दा बाड्न नजान्ने नेताको रुपमा प्रस्तुत गर्दै भने, ‘म जे गर्न सक्छु, त्यतिमात्र बोल्छु र जे बोल्छु त्यो पु-याएरै छोड्छु ।’
उनले अन्य क्षेत्रको भन्दा सुनसरीको प्रकाशपुरमा बेरोजगारी रहेको, शिक्षाका लागी उचित व्यवस्था नभएको र पूर्वाधारको अवस्था पनि कमजोर रहेकोले यसलाई समाधान गर्नका लागी आफू अग्रसर भएको उनले दावी गरे ।











प्रतिक्रिया