काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका नेता एवं धनुषा ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधि अस्पताल भर्ना भएका छन् ।
छातीमा समस्या आएपछि निधि सोमबार अपराह्न राजधानीको ओम अस्पतालमा भर्ना भएका हुन् । चुनाव प्रचारका क्रममा सास फेर्न गाह्रो भएपछि निधि सोमबार विहान मात्रै जनकपुरबाट काठमाडौं आएका थिए ।
काठमाडौं आएलगत्तै प्रचण्डपुत्र प्रकाशलाई श्रद्धाञ्जलि दिन लाजिम्पाट पुगेका निधि दिउँसो आराम गरी अपराह्न अस्पताल भर्ना भएका हुन् ।
निधिलाई पेट रोग विशेषज्ञ डा राहुल पाठक र छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकाल लगायतको टोलीले उपचार गरिरहेको छ । सास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निधिलाई निमोनिया भएको चिकित्सकको आशंका छ ।












प्रतिक्रिया