१२ मंसिर २०८३, शनिबार

बर्दियामा डेढ सय युवा बाम गठबन्धनमा प्रवेश

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– डीपी दर्लामी
बर्दिया, ४ मंसिर । बर्दियाको गुलरियामा विभिन्न पार्टी परित्याग गर्दै १३५ जना युवा संयुक्त बाम गठबन्धनमा प्रवेश गरेका छन् । उनीहरुलाई युवा संघ नेपालका केन्द्रीय सदस्य हरिश गौतमले स्वागत गरे । प्रवेश गर्ने अधिकांश युवाहरु काँग्रेस, राप्रपा, राजपालगायतका पार्टीमा आवद्ध भएका र केही स्वतन्त्र पनि छन् ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष एवं संयुक्त बाम एकता संयन्त्रका संयोजक हरि ज्ञावलीले बाम गठबन्धनको महत्वलाई बुझेर युवाहरुले पार्टी प्रवेश गरेकोमा खुशी व्यक्त गरे । साथै ज्ञावलीले निवार्चनमा निर्धक्क भई भयरहित वातातरणमा सम्पुर्ण मतदातालाई मत हाल्ने वातारणको श्रृजना गरी आफ्नो जिम्मेवारी निर्वाह गर्न पनि नव प्रवेशी युवाहरुलाई आग्रह गरे ।

युवा संघ नेपालका केन्द्रीय सदस्य हरिश गौतमले बाम एकताको सरकार बन्ने पक्का भएको बताउँदै यो सरकालाई सघाउन युवा नेतृत्व र युवाकै सहयोगको आवश्यकता पर्ने बताए । केन्द्रीय सदस्य गौतमले बाम एकताको सरकारले मात्रै देश विकासका लागि युवाहरु परिचालन गरि युवा मैत्री समाज र राष्ट्र निमार्ण गर्ने भन्दै सम्पुर्ण युवाहरुलाई बाम एकतामा विश्वास गर्न आग्रह गरे । युवा स्वरोजगारको श्रृजना गरी विदेश पलाएन हुने प्रवृतिको अन्त्य गर्नका लागि केवल वाम एकताको सरकारले मात्र सक्ने भन्दै गौतमले युवाहरुलाई आफ्नो देश आफै बनाउनका लागी अब तयार हुनु पर्ने समय आएको बताए ।