सिरहा, ४ मंसिर । सिरहा नगरपालिका–२ मा प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार नै एमालेमा प्रवेश गरेका छन् । दलित मुस्लिम जनशक्ति पार्टीको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका कमल राय र प्रदेश सभाका उम्मेदवार मो. ताहिर मियाँ एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई केन्द्रिय सदस्य लीलालनाथ श्रेष्ठले पार्टीमा एक कार्यक्रकाबीच पार्टीमा स्वागत गरेका थिए । राय सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा र मियाँ प्रदेशसभा क्षेत्र नम्बर ३ (ख)बाट उम्मेदबार बनेका थिए ।
सिरहा प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट बाम गठबन्धनका साझा उम्मेदवार लीलालनाथ श्रेष्ठ हुन् । श्रेष्ठ भन्छन्, ‘दक्षिणी क्षेत्रमा एमाले अब झन मजबुत बनेको छ ।’ उनले दुई/चार दिनभित्रै राजपा र फोरमका केन्द्रीय सदस्यहरु पनि एमालेमा प्रवेश गर्न लागेको जानकारी दिए ।
बाम गठबन्धनले मात्र देशको विकास गर्न सक्ने भएकोले एमालेमा प्रवेशको लहर चलेको उम्मेदवार श्रेष्ठले बताए । उनले बाम गठबन्धनबाट डराएका काँग्रेस र फोरमका नेताहरुले अनेकौँ भ्रमहरु फैलाउन थालेकोले त्यस्तो भ्रमको पछाडी नलाग्न पनि मतदाताहरुसँग आग्रह गरे ।











प्रतिक्रिया