काठमाडौँ, ४ मंसिर । नेकपा (एमाले)का युवा नेता वसन्त मानन्धरले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सडकलाई धुलो मुक्त गर्दै सार्वजनिक सम्पत्ति र पुरातात्विक महत्वका स्थलको संरक्षणका निम्ती आफुले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ प्रदेश सभा १ तर्फका उम्मेदवार रहेका मानन्धरले सोमबार बालाजुमा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सांस्कृतिक, धार्मिक र पुरातात्विक महत्वका स्थलहरुको संरक्षण गर्नुपर्ने भएकाले आफुलाई मतदान गरि विजय गराउन आग्रह गरे ।
‘मेरो प्राथमिकता यहाँका सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै धार्मिक तथा निकै पुराना इतिहाँस बोकेका बहुमुल्य चिजहरुको संरक्षण र जगेर्ना गर्नु हो’, मानन्धरले भने ।
उनले विभिन्न ढंगले काठमाडौँको भित्री सहरमा रहेका सार्वजनिक सम्पत्तीहरु नष्ट हुँदै गएको भन्दै त्यसलाई संरक्षण गर्न आफुले अभियान नै चलाउने बताए । उनले बामपन्थी नेतृत्वको सरकारले मात्रै विकास, सम्वृद्धि र लोकल्याणकारी राज्यको अनुभूति दिन सक्ने भन्दै आम मतदातालाई विवेक पु-याउन आग्रह गरे । राजनीतिक स्थायित्वका निम्तीे पाँच वर्षसम्मका लागि स्थिर सरकार चलाउन दिएर बामपन्थीलाई एकपटक अवसर दिन पनि उनले आग्रह गरे ।











प्रतिक्रिया