काठमाडौँ, ४ मंसिर । प्रकाश दाहालको निधन पछि उनकी श्रीमती सिर्जना प्रचण्डसँगै लाजिम्पाट बस्ने भएकी छिन् । प्रचण्डकै विशेष अनुरोधमा उनी लाजिम्पाट बस्न लागेकी हुन् ।
प्रकाश र सिर्जनाको विवाह २०६४ साल माघ ३ गते भएको थियो । प्रसिद्ध उनका छोरा हुन् । तर, पछि प्रकाशले बिना मगरसँग बिहे गरेपछि सिर्जना पोखरामा बस्दै आएकी थिइन् । तर, प्रकाशसँग उनको सम्बन्ध विच्छेद भने भएको थिएन ।
प्रकाशको निधन भएको खवर पाएपछि उनी नर्भिक अस्पताल नै पुगेकी थिइन् । तर आफ्ना श्रीमानको मृतक शरीर देखेपछि सिर्जना अचेत भएकी थिइन् । होस आपछि उनी अत्यष्टीको लागि आर्यघाट पुगेकी थिइन् ।











प्रतिक्रिया