पोखरा, ४ मंसिर । नेकपा एमालेका केन्द्रिय सदस्य एवं बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका लागि कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रहेका रवीन्द्र अधिकारीले जनमुखी सरकार बाम गठबन्धन बाहेक अरुबाट सम्भब नरहेको बताएका छन् ।
निर्वाचन अभियान अन्तर्गत सोमबार पोखरा लेखनाथ वडा नम्बर १५ मा आयोजित कोणसभामा बोल्दै अधिकारी अधिकारीले देश अब बामपन्थीमय भैसकेको भन्दै कुनै तागतले पनि अब बहुमत रोक्न नसक्ने र बहुमतसहितको सरकारका लागि जनता आफै लागि परेको जिकिर गरे ।
आगामी निर्वाचनले राष्ट्रबादी र राष्ट्रघातिको कित्ताकाट गर्ने भन्दै उनले अबको यात्रा समृद्धि बाहेक अरु केही नहुने बताए । जब देश सम्बृद्ध रहन्छ सबै रहने हो, राष्ट्र नै नरहे कसरी हामी नागरिक ? भन्दै अधिकारीले देश बचाउने एक मात्रै समाधान बामपन्थी गठबन्धन भएको जिकिर गरे ।
अधिकारीले पोखरा लेखनाथ वडा नम्बर २१ निर्मल पोखरीका विभिन्न टोलमा जनतासंग भेटघाट गरेको जनाइएको छ ।












प्रतिक्रिया