३ कार्तिक २०८३, मंगलबार

प्रचण्डले छोरा गुमाउँदा राजेश हमाल यसरी भए भावुक

9.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महानायक राजेश हमालले प्रचण्डपुत्र प्रकाश दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले प्रकाशप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै मृत आत्माको चिरशान्तिको कामना समेत गरेका छन् ।

हाल भारत भ्रमणमा रहेका हमालले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डलाई परेको पुत्रवियोगले आफ्नो विगत स्मरण गरेका छन् ।

उनले भनेका छन्– परिवारमा असामयिक निधन हुँदाको पीडा मैले पनि महशुस गरेको छु । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल तथा शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्न चाहान्छु । मृत आत्माको चिर शान्तिको कामना ।

राजेशले सानै छँदा बुवा र आमालाई गुमाएका थिए । प्रचण्ड परिवारमाथि परेको ब्रजपातले शायद उनले आफ्ना बुवा आमाको निधनले दिएको पीडालाई अहिले सम्झेको हुनुपर्छ ।