काठमाडौं, ४ मंसिर । पुत्र वियोगमा रहेका प्रचण्ड आज सोमबार काठमाडौँ नै बस्ने भएका छन् । उनी आज काठमाडौँ बसेर भोली मंगलबार चितवनको आमसभामा सहभागी हुने बताइएको छ ।
आइतबार झापामा रहेका उनी प्रकाशको निधनको खबर पाएपछि काठमाडौं फर्किएका थिए । उनले मंगलबारको चुनावी सभामा सहभागी भएपनि संबोधन भने नगर्ने भएका छन् । प्रकाशको मृत्युपछि उक्त चुनावी सभा स्थगित गरिएको भएपनि प्रचण्डको निर्देशनमा स्थगित नगरिएको जनाइएको छ । मंगलबार माओवादी केन्द्रले देशका १६५ वटै निर्वाचन क्षेत्रमा शोक सभासमेत गर्ने कार्यक्रम रहेको छ ।











प्रतिक्रिया