१२ मंसिर २०८३, शनिबार

लाजिम्पाट पुगेर ओली र देउवाले दिए प्रकाशलाई श्रद्धाञ्जली

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाशलाई लाजिम्पाट पुगेर श्रद्धाञ्जली दिएका छन् । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउबाले पनि प्रकाशलाई श्रद्धाञ्जली दिएका छन् ।

दुवैजनाले प्रचण्ड निवास लाजिम्पाट पुगेर प्रकाशलाई श्रद्धाञ्जली दिँदै शोक सन्तप्त परिवारलाई समवेदना दिएका थिए । प्रकाशको आइतबार बिहान हृदयघातका काराण निधन भएको थियो ।