१२ मंसिर २०८३, शनिबार

काँग्रेस उम्मेदवार कार्कीको गाडीमा बम बिस्फोट गर्ने दुई जना पक्राउ

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमरा (बारा), ४ मंसिर । नेपाली काँग्रेसका बारा ४ (क) का प्रदेश सभाका उम्मेदवार ओमकृष्ण कार्कीको गाडीमा भएको बम बिस्फोटको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको नाम प्रहरीले गोप्य राखेको छ ।

हाल घटनाको अनुसन्धान भइरहेकाले अनुसन्धान पुरा भएपछि मात्रै उनीहरुलाई सार्वजनिक गरिने बाराका प्रहरी प्रमुख राजकुमार वैदवारले जानकारी दिए । बम बिस्फोटबाट कार्कीले प्रयोग गर्दै आएको बा १४ च ६३३० नम्बरको गाडीमा क्षती पुगेको थियो ।