काठमाडौँ, ४ मंसिर । आगामी निर्वाचनमा प्रत्यक्षतर्फ ३३ प्रतिशत महिलाहरुको सहभागीता नभएको भन्दै सर्वोच्चा अदालतले सरकार, निर्वाचन आयोग र राजनीतिक दललाई छलफलको लागि बोलाएको छ । प्रत्यक्षतर्फ महिला उम्मेदवार कम भएकाले चुनाव रोक्न माग गर्दै परेको रिटको सुनुवाई गर्दै न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकार, निर्वाचन आयोग र राजनीतिक दललाई छलफलको लागि बोलाएको हो ।
तर सर्वोच्चले भने पहिलो चरणको चुनाव पछि आगामी मंसिर १३ गतेका लागि सबै पक्षलाई बोलाएको छ । गत मंसिर १ गते पूर्वसांसद कमला थापाले दलहरुले संवैधानिक प्रावधान अनुसार प्रत्यक्षमा ३३ प्रतिशत महिला उम्मेदवार नबनाएको भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।











प्रतिक्रिया