वाशिंगटन डीसी । नेपाली मूलका एक मात्र अमेरिकी भारत्तोलक रुप कार्कीले अन्तर्राष्ट्रिय भारत्तोलन प्रतियोगिताको प्रतिस्पर्धामा स्वर्ण पदक प्राप्त गरेका छन् ।
नेपालको रुपन्देही स्थाइ घर भई हाल डिसी क्षेत्रमा डेढ दशकदेखि बस्दै आएका कार्की नोभेम्बर १८ तारिख प्रतियोगितामा भाग लिन एटलान्टा पुगेका थिए ।
विमानस्थल अवतरण गर्ने बित्तिकै उनले सम्पूर्ण नेपालीहरूको आशीर्बाद लिएर आएको बताउँदै नेपाललाई बिश्वमा चिनाउने आफ्नो प्रयास हुने बताए ।
उनले आफ्नो उमेर र वजनको तौल समूहमा प्रतिस्पर्धी उछिन्दै स्वर्ण पदक प्राप्त गरेका हुन् । उनले कुल १४ सय पाउन्ड उठाई स्वर्ण पदक प्राप्त गरेका हुन् ।
उनलाई गत नोभेम्बर १६ तारिख बिहीबार डीसी महानगर क्षेत्र वरपर बस्ने नेपाली समुदायले आमन्त्रण गरी शुभकामना दिएका थिए ।
छोटो समयमा गरिएको शुभकामना तथा बधाई कार्यक्रममा उनले आफूले नेपालको नाम राख्न सक्दो प्रयास गरेको बताए ।
उनले डिसीमा आफ्नो कुरा राख्दै कम्तिमा पनि १३ सय पाउण्ड उठाएका मात्र प्रतियोगितामा भाग लिन पाउने भएकोले आफूले त्योभन्दा ज्यादा उठाएकोले सहभागी हुन् पाएको बताएका थिए ।
















प्रतिक्रिया