काठमाडौं, ४ मंसिर । काठमाडौंको बलम्बुस्थित यातायात ब्यबस्था कार्यालयमा मोटरसाइकलको ब्लुबुक नबीकरण गर्न गएकी एक महिलामाथि दलालले कार्यालयको हाताभित्रै आक्रमण गरेका छन् ।
बैकमा पैसा बुझाएर नबीकरणका लागि लाइनमा बसेकी शारदा पाण्डेलाई घच्याउँदै ब्लूबुक नबीकरण गराइदिने ठेक्का लिएर पैसा असुल्ने गरेका दलालको बिरोध गर्ना साथ दलालले आक्रमण गरेका हुन् ।
कार्यालय हाताभित्रै पाण्डेमाथि दलालले आक्रमण गर्दा समेत कार्यालयका कर्मचारीले बेवास्ता गरेका थिए । दलाल तत्काल भाग्न सफल भएका थिए ।
दलाले लाइनमा बसेकी ती महिलालाई लात्तले हानेर लडाउदा पनि कार्यालयका कर्मचारीहरुले देखेर पनि नदेखेझै गरेको सेवाग्राहरुहरुको आरोप छ ।
हिमाल इन्सुरेन्सको ठेकदारी गर्ने अनिश राई नामको दलालीले अक्रमण गरेपछि शारदा सहितका महिलाहरुले कार्यालयका प्रमुख गणेश अर्याललाइ भेटी सीसी क्यामराको के मतलब भयो ? भनी गुनासो गर्दा उनले कारबाही गर्ने बचनबद्धता ब्यक्त गरेका छन् ।
कार्यालयले पनि अनिश राई इन्स्युरेन्स र सेबाग्राहीलाई सहयोग गर्ने अनुमति लिएको पुष्टि गरेको छ । यातायात ब्यबस्था कार्यालयले कारबाही नगरेपछि महिलाहरु बलम्बु प्रहरी कार्यालय पुगेका थिए ।
सो प्रहरी कार्यालयकी प्रहरी इन्स्पेक्टर शर्मिला गुरुङले आक्रमणकारीको खोजी गरी कारबाही गर्ने आश्वासन दिएको शारदा पाण्डेले बताएकी छिन ।
कार्यालयकै मिलोमतोमा दलालहरु इन्स्यूरेन्स एवं नबीकरण छिटोभन्दा छिटो गरिदिने भन्दै सेवा लिन जानेहरुलाई मूल ढोकादेखि नै पछि लाग्ने गर्छन् ।
दलालले गरेको आक्रमणले गर्दा शारदालाई त्रिपुरेश्वर ब्लुक्रसमा उपचारका लागि लगिएको थियो । उनको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
शारदा सहितका महिलाहरुले कार्यालयका कर्मचारीले सजिलो गरी काम नगरिदिने तर, दलालमार्फत चाडो गरिदिने गरेको कारण पनि दलालहरुको मनोवल बढने गरेको भन्दै महिलाहरुको समूहले कार्यालय प्रमुख समक्ष गुनासो गर्दा कार्यालय प्रमुख गणेश अर्याल र अर्का कर्मचारी अनिल खनाल नाजवाफ भएका थिए ।











प्रतिक्रिया