काठमाडौं, ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ वर्ष नवित्दै दुई सन्तान गुमाएका छन् ।
प्रचण्डका एक मात्र छोरा प्रकाशको आइतबार बिहान हृदयघातपछि निधन भएको छ, भने जेठी छोरी ज्ञानु दाहालको ४ वर्षअघि क्यान्सरबाट निधन भएको थियो ।
उनका छोरा प्रकाशको आज विहान ‘आकस्मिक हृदयघात’का कारण निधन भएसँगै प्रचण्ड परिवार शोकमा डुबेको हो । ३८ वर्षीय प्रकाशलाई शनिबार राति लाजिम्पाटस्थित निवासमा हृदयघात भएको थियो ।
२०७० चैत १३ गते स्तन क्यान्सरबाट जेठी छोरी ४० वर्षीया ज्ञानुलाई गुमाएको पीडा सेलाउन नपाउँदै प्रचण्ड र सीता दाहालमाथि अर्काे बर्जपात आइपर्यो । एकमात्र छोरा प्रकाशलाई आज विहान युवा अवस्थामै गुमाउन पुगे ।
यसरी ४ वर्षको अन्तरालमा दुई सन्तानको निधनले प्रचण्ड परिवार शोकमा डुबेको छ ।
प्रकाश २०३८ साल असार १७ गते चितवनको भरतपुर महानगरपालिका वडा नं १४ भीमसेननगरमा जन्मिएका थिए । उनी अध्यक्ष प्रचण्डका स्वकीय सचिव एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए । द्वन्द्वकालमा भूमिगत रहेर बुवासँगै उनले राजनीति गरेका थिए ।











प्रतिक्रिया