काठमाडौं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का एक्ला छोरा प्रकाश दाहालको निधन भएको छ ।
बिहान ५ बजेर ३८ मिनेटमा प्रकाशको निधन भएको परिवारजनले जनाएका छन् । लाजिम्पाटस्थित निवासमा अचेत भएर ढलेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनी आज बिहान अचेत अबस्थामा फेला परेको भएको जनाइएको छ । शनिबार राति झापामा रहेका बाबु प्रचण्डसँग उनले अन्तिमपटक कुराकानी गरेका थिए ।
प्रकाश विगत दुई दिनदेखि बिरामी रहेको पनि जनाइएको छ । थप विवरण आउन बाँकी छ ।












प्रतिक्रिया