काठमाडौं । नेपालका लागि म्यान्मारका राजदूत यु लिउन ऊ कार्यकाल सकिएर विदा भएका छन् । विदाई समारोहमा राजदूत लिउनले भूकम्पको कथामाथि बन्दै गरेको फिल्म ‘नीरफूल’ खेल्न पाएकोमा खुशी प्रकट गरे ।
संचारकर्मी फूलमान वलले निर्देशन गरेको फिल्ममा उनी अतिथि भूमिकामा छन् । यसअघि उनले म्यान्मारकै एउटा फिल्ममा पाइलटको भूमिका गरेका थिए ।
‘फिल्मले समाज र संस्कृतिलाई जोड्ने काम गर्छ’, राजदूत ऊले भने, ‘भूकम्पको पीडामाथि बन्दै गरेको अर्थपूर्ण फिल्ममा खेल्न पाउ“दा म खुशी छु । यसले दुई देशको नागरिकलाई फरक ढंग जोडिदिने छ भन्ने मेरो विश्वास छ ।’
नेपाल–म्यान्मार फ्रेण्डसिप काउन्सिलले राजतुत ऊको विदाईमा राजधानीमा हालै एक समारोह आयोजना गरेको थियो । समारोहमा काउन्सिलका अध्यक्ष शंकर घिमिरेले राजदूत ऊको कार्यकालमा नेपालमा सम्पन्न विभिन्न परियोजनाहरूबारे प्रकाश पारेका थिए ।
अध्यक्ष घिमिरेले राजदूत लिउनको कार्यकालमा नेपालका भूकम्प पीडित विभिन्न जिल्लाहरूमा म्यान्मारको तर्फबाट सहयोग हस्तान्तरण गरिएको, काभ्रेको बालुवापाटी ढा“डागाउ“मा सामुदायिक सेलोघर निर्माण भएको, नेपाल र म्यान्मारबीच सीधा हवाई उडान शुरुवात भएको र हरेक वर्ष काठमाडौंमा म्यान्मारको वाटर फेस्टिभल ‘तिङ यान’ सम्पन्न गरिएको बताए ।
त्यस्तै नेपालको पर्यटन प्रबर्द्धनमा सघाउने गरी पहिलोपटक म्यान्मारको युवा टोलीले सगरमाथाको सफल आरोहण गरेको समेत अध्यक्ष घिमिरेले बताए । ‘यसपटक दुई देशको हितमा निकै अर्थपूर्ण सामाजिक–सांस्कृतिक गतिबिधि भए’ घिमिरेले भने, ‘यसले दुई देशको सम्बन्धलाई थप बलियो बनाउने छ ।’
राजदूत ऊले म्यान्मार फर्केर पनि आफू दुई देशको सामाजिक–सांस्कृतिक सम्बन्ध मजबुत बनाउन कार्यमा क्रियाशील हुने बताए । उनको स्थानमा नेपालका लागि म्यान्मारको नया“ राजदूत यू जा मिन्टले जिम्मेवारी सम्हालेका छन् ।















प्रतिक्रिया