१३ मंसिर २०८३, आइतबार

एमाले हेडक्वार्टरमा आइपुग्यो देउवाको डरलाग्दो रिपोर्ट !

40.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । चुनाव नजिकिँदै गर्दा दलहरुबीच अनेक शंका देखिएका छन् । पहिलो चरणमा हुन लागेको चुनावमा सरकारले ‘वैधानिक धाँधली’ गर्न लागेको सूचना पाएको भन्दै एमाले नेताहरु झस्किएका छन् ।

मंसिर १० गतेको पहिलो चरणको चुनावको मतगणना दोस्रो चरणको चुनावपछि सँगसँगै हुनेछ । प्रमुख दलहरु र निर्वाचन आयोगबीच प्रर्याप्त सुरक्षा ब्यवस्था मिलाएर मतपेटिकाको सुरक्षा गर्ने सहमति भइसकेको छ । तर, पछिल्लो समय सरकारले सुरक्षा निकायको जिम्मा लगाएर बैधानिक धाँधली गर्ने योजना बनाइरहेको एमालेको दाबी छ ।

सरकारले चुनावको मुखमा केही दिनअघिमात्रै ५ सय भन्दा बढी प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा गरेको थियो । मतपेटिकालाई लक्षित गरेर नै उनीहरुको सरुवा गरिएको एमालेको आशंका छ ।

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकता अघि बढनुका साथै अन्य बामपन्थी दलसमेत गठबन्धनमा सामेल भएपछि निर्वाचन हारिन्छ भन्ने निश्कर्षमा पुगी मतपेटिका हेरफेर गरेर चुनाव जित्ने सरकारको योजना रहेको सूचना सुरक्षा निकायबाटै आएको एमाले स्रोतको दाबी छ । सोही सूचनाका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बाकसको सुरक्षा उम्मेदवार र कार्यकर्ताले नै गर्ने बटमलाइन सुनाएका छन् ।

सुरक्षा निकायका केही अधिकारीले सूचना चुहाएको भन्दै एमाले अध्यक्ष ओलीले मतपेटिकाको सुरक्षालाई आफूहरुले बिशेष ध्यान दिएको बताए । उनले आफ्ना उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र कार्यकर्ताको आँखाबाट ओझेल पर्ने गरी मतपेटिका राख्न नसकिने बटमलाइन पनि सुनाएका छन् ।

‘मतदान सकिएप्छि मत रहेको बाकसको सुरक्षा हाम्रो कार्यकर्ताको आँखा अगाडि हुनुपर्छ, बलजफ्ती जस्ता कुराहरुलाई हामी स्वीकार गर्दैनौं, त्यो कुरा अहिलेदेखि हामी स्पष्ट गर्न चाहन्छौं’ – टेलिभिजन र अनलाइनका सम्पादक तथा सञ्चालकहरुसँगको छलफलमा एमाले अध्यक्ष ओलीले भने ।

सुरक्षाकर्मीप्रति विश्वास रहे पनि मतपेटिकाको सुरक्षा उम्मेदवार र कार्यकर्ताले नै गर्ने ओलीले प्रष्ट पारे । ‘सुरक्षित र निगरानीभित्र राखिनुपर्छ भन्ने हाम्रो अपरिवर्तनीय मान्यता छ, हाम्रो उम्मेदवार, हाम्रो उम्मेदवारको प्रतिनिधिको आँखा ओझेल पर्ने गरी या उस्को सहमतिबेगर कसैले उठाउने, कतै राख्छु भन्ने कुरा गर्न मिल्दैन’ – ओलीको भनाइ छ ।

सरकारको पछिल्लो काम देश र स्थापित अन्तरराष्ट्रिय मान्यताबिपरित रहेको भन्दै ओलीले प्रधानमन्त्रीलाई सचेत गराए । ‘चुनाव गराउने दिन तोकेको सरकारले मुलुकको कानून, स्थापित अन्तराष्ट्रिय मान्यता बिपरित गएर जथाभावी गरिरहेको छ, यो कुनै हालतमा स्वीकार्य छैन,’ ओलीले कडा शब्दमा भने ।