नुवाकोट, २ मंसिर । नेपाली कांग्रेसका नेता एवं नुवाकोट १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रामशरण महतले वाम गठबन्धनलाई विकास र समृद्धि नचाहने अराजकता समूहको संज्ञा दिएका छन् ।
शुक्रबार आफूमाथि भएको कायरतापूर्ण बम आक्रमणपछि ककनी गाउँपालिका वडा नं. ७ चतुरालेमा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महतले विकास र समृद्धि नचाहने अराजकता समूह वाम गठबन्धनमा हावी भएकोले आफ्नो हत्या गर्ने उद्देश्यले बम प्रहार गरेको बताए । उनले विगतमा कांग्रेस र कम्युनिष्टले नुवाकोटको विकासमा गरेको कामको मुल्यांकन गर्दै नेतृत्व छान्न जनतालाई समेत आग्रह गरे ।
प्रदेशसभा समानुपातिक उम्मेदवार कृष्णबहादुर लामाले राष्ट्रको विकासमा जोड गर्ने लोकतान्त्रिक पार्टी कांग्रेसलाई विपक्षीले विभिन्न क्रियाकलापबाट विचलित बनाउने दुष्प्रयास गरेको बताए । यस्ता क्रियाकलापबाट कोही पनि विचलित नहुन लामाले आग्रह गरे ।
कांग्रेस वडा इकाईको सभापति बद्रीराज थपलियाको सभाध्यतामा सम्पन्न उक्त सभामा अन्य अतिथिहरु क्षेत्रीय अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, जिसस सदस्य सम्झना सेंढाई, तादी गापा अध्यक्ष नारायण पाण्डे, नेका ककनीका संयोजक अशोक लामा, नेता कृष्ण कुँइकेल, गापा वडा सदस्य पदमराज पौडेल, गापा प्रत्यासी उम्मेदवार दिपेश लामा लगायतले बम आक्रमणको निन्दा गर्दै विचलित नहुन नेता कार्यकर्ता र मतदातामा आह्वान गरे ।
सभामा अन्य पार्टीका कार्यकर्ताहरु पार्टी प्रवेश गरेका थिए ।












प्रतिक्रिया