जापान । जापानको ओकिनावा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूबीच परिचयात्मक तथा भेटघाट कार्यक्रमको आयोजना हुने भएको छ ।
वर्ल्ड नेवाः अर्गनाईजेशन जापानको संयोजन र नेवाः जागरण मंच जापानको आयोजनामामा हुने उक्त कार्यक्रम यहि नोवेम्बर १९ तारेखमा ओकिनावामा हुनेछ ।
नेपालका विभिन्न जिल्लाहरुबाट जापानको ओकिनावा क्षेत्रमा आइ बसोबास गरिरहेका नेपालीहरुको एकआपसमा सद्भावपूर्ण भेटघाट, परिचय तथा समसामयिक बिषयमा बिचार आदानप्रदान गर्न सो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
ओकिनावाको चट्टान स्थित काष्टमण्डप रेस्टुरेन्टमा साँझ छ बजेबाट सुरु हुने कार्यक्रममा जापानबासी नेपालीहरुलार्इ उपस्थितका लागि आयोजकले अनुरोध गरेको छ ।















प्रतिक्रिया