३० आश्विन २०८३, शुक्रबार

सर्वोच्च अदालतले रोक्ला बढीमाईमा पशु बलि ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suprim-courtकाठमाडौं, ५ मंसिर । पशु अधिकारकर्मी तथा अधिवक्ताहरुले गढीमाईमा सुरु हुन गइरहेको पशु बलि रोक्न अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।

अधिवक्ता अर्जुनकुमार अर्याल, सरोजकुमार न्यौपाने, पशु कल्याण तथा अनुसन्धान केन्द्र नेपालकी निर्देशक गीता दाहाल र अधिवक्ता रामकृष्ण बन्जराले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

बारा जिल्लाको बरियापुर गाविसको गढिमाइ मन्दिरमा हरेक पाँच वर्षमा मेला लाग्ने गर्छ।

उक्त मेलामा विश्वकै धेरै पशु बलि दिइने चलन रहेको र यो प्रथा पशु स्वाथ्य तथा सेवा ऐन २०५५ विपरित रहेकाले तत्काल रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको समाचार आजको नागरिक दैनिकले छापेको छ।

मंसिर ११ गतेदेखि सुरु हुन गइरहेको गढीमाई मेलामा करिब ५ लाख पशुहरुको बलि दिइने गरिएको तथ्यांक सार्वजनिक भएको र यसले वातावरणमा समेत नकारात्मक असर पार्ने रिटमा जिकीर गरिएको छ।

भारतीय सर्वोच्च अदालतले समेत निर्यातको लागि अनुमति पाएकाभन्दा बाहेका अन्य पशुहरु नेपालतर्फ पैठारी गर्न नदिनु भनि अन्तरिम आदेश जारी गरेको अवस्थामा हस्तक्षेप हुनुपर्ने जिकीर रिटमा गरिएको छ।