१ कार्तिक २०८३, शनिबार

राष्ट्र र सरकार प्रमुखहरूका सुरक्षा गार्डले प्रवेश नपाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarcकाठमाडौं, ५ मंसिर । सार्क सम्मेलन क्रममा सदस्यराष्ट्रका सरकार प्रमुखसँगै आउने व्यक्तिगत सुरक्षागार्डले मुख्य कार्यक्रमस्थलमा प्रवेश नपाउने भएका छन् ।

उनीहरुले कार्यक्रम भवनसम्म प्रवेश पाए पनि मुख्य कार्यक्रम हलमा जान नदिने गरी सरकारले सुरक्षा तयारी गरेको छ ।

गृहले बनाएको सार्क सम्मेलनको सुरक्षा योजनामा भित्री हलको सम्पूर्ण सुरक्षा जिम्मा आयोजक राष्ट्रको सुरक्षा संगठनलाई तोकिएको समाचार आजको नागरिक दैनिकले छापेको छ ।
‘

विशिष्ट पाहुनासँगै आउने बडिगार्ड कार्यक्रम भवनभित्र जान सक्छन्, तर मुख्य हलमा प्रवेश पाउँदैनन्,’ गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले भने, ‘सुरक्षाकर्मी कार्यक्रम हलबाहिरै रहन्छन् ।’

सार्क सम्मेलन अवधिभर कार्यक्रमस्थल, अतिथिको अवासगृह, कारकेड, भ्रमण क्षेत्रलगायत सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका २८ हजार सुरक्षाकर्मी परिचालन हुने प्रवक्ता ढकालले जानकारी दिए ।