काठमाडौं, ५ मंसिर । शिक्षा मन्त्रालयले लिने छात्रबृतिको परीक्षा दुई साता पछि सरेको छ ।
गत बर्ष छात्रबृति अध्ययन गर्न नाम निकालेका विद्यार्थीलाई भर्ना गराउन नसकेपछि शनिबारलाई तय गरेको परीक्षा मंसिर २० मा हुने छात्रबृति शाखाले जनाएको छ ।
मन्त्रालयले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीपीएच, बी फार्मेसी, बीएएमएस, बीएस्सी फरेष्टी लगायत बिषयको स्वदेश तथा विदेशी कलेजको छात्रबृतिका लागि परीक्षा लिने गरेको छ ।
४ सय कोटाका लागि ८ हजार ५ सय ३२ जनाले आवेदन दिएको छात्रबृति शाखा प्रमुख प्रकाश महर्जनले बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
काठमाडौं विश्वविद्यालय र अन्तर्गतका कलेजहरुमा २०१४ अगष्ट सेसन मा हुने एमबीबीएस, बीडीएस र बीएस्सी नर्सिङ तर्फको छात्रबृति कोटाहरुमा मनोनयन प्रक्रिया नटुङगिएपछि परीक्षा सार्नु परेको महर्जनले बताए ।
मेडिकल काउन्सिलले छात्रबृतिको कोटा कति भन्ने विवरण नदिएको परीक्षाबाट छानिएका उम्मेदवार पठाउन नसकिएको उनले बताए ।















प्रतिक्रिया