२९ आश्विन २०८३, बिहिबार

यो पहाडमा आफैँ उकालो चढ्छन् गाडी, विज्ञानको लागि चुनौति

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 एजेन्सी । उकालो ठाउँमा गाडी चलाउनको लागि गेयर घटाएर चलाउनु पर्छ । उकालो स्थानमा यदि गाडीलाई न्युट्रलमा राखिदिने हो भने गाडी आफैँ तलतिर गुड्न थाल्छ । त्यसैले गाडीलाई उकालो ठाउँमा गेयरमा राख्ने गरिन्छ ।

तर भारतको लद्दाखमा एउटा यस्तो पहाड छ जहाँ गाडीलाई न्युट्रलमा राखिदिने हो भने गाडी आफैँ उकालो चढ्न थाल्छन् । यो पहाडको नाम म्याग्नेटिक हिल अर्थात चुम्बकिय पहाड हो । यो पहाडमा गाडीलाई न्युट्रलमा राखिए २० किलोमिटर प्रतिघण्टाको दरमा गाडी आफैँ नै उकालो चढ्न थाल्छ । सो स्थानमा राखिएको साइन बोर्ड र बाटोमा कोरिएको रेखाले म्याग्नेटिक हिल सुरु भएको संकेत गर्दछ ।

यो पहाडमा अत्यन्त बलियो चुम्बक रहेको मानिन्छ । जसले गाडी मात्रै नभई हवाई जहाजलाई पनि प्रभावित पार्न सक्छ । यो पहाडमाथिबाट हवाई जहाज उडाउँदा जहाजमा असाधारण दवाब तथा कम्पन महशुस हुने केही विमान चालकहरुले बताएका छन् । त्यसैले यो पहाडको माथिबाट जहाज चलाउनु परेमा तीब्र गतिमा चलाउने गरिन्छ ।

यसै कारणले पनि यो क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । नजिकैको लेह अन्तर्राष्ट्रिय विमानस्थलबाट यो स्थानमा जान सकिन्छ । विमानस्थलबाट यो पहाड ३२ किलोमिटर टाढा रहेको छ । यो क्षेत्रको अवलोकनको लागि जुलाईदेखि सेप्टेम्बरसम्मको अवधि राम्रो मानिन्छ । किनकी यो अवधिमा सवारी साधनको चाप न्युन हुने गर्दछ ।