लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष धर्मराज
अधिकारीलाई सामाजिक सञ्जाल फेसबुकमा लगाइएको आरोप गम्भीर भएको जनाएको छ ।
शाखाका महासचिव श्याम लुईंटेलद्धारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालमा व्यक्तितगत चरित्र
हत्या हुने खालका सामाग्री राख्नु निन्दनीय कार्य भएको उल्लेख छ । बेलायतका एकजना
व्यवसायी एवं ब्रिटेन नेपाल चेम्बर्स अफ कमर्शका चेयरम्यान राजन कंडेलले मिति २०१४
नोभेम्बर १६ गतेका दिन सामाजिक सञ्जाल फेसबुकमार्फत् अधिकारीको चरित्र हत्या गर्ने
प्रयास गरेका थिए । कंडेल नेपालस्थित द ब्रिटिश कलेजका एम डी पनि हुन । सामाजिक सञ्जालमा
कसैको व्यक्तिगत चरित्र हत्या हुने खालका सामाग्री नराख्न र सामाजिक संजालको गरिमालाई
समेत ख्याल राख्दै मर्यादित भाषा प्रयोग गर्न पत्रकार महासंघ बेलायत शाखाले सबैमा आग्रह
गरेको छ ।
त्यस सम्बन्धमा छलफल गर्न नेपाल पत्रकार महासंघ यूके शाखाको ७ डिसेम्बर, आइतवार
लण्डनमा पूणर््ँ बैठक बोलाएको विज्ञप्तिमा उल्लेख छ ।













प्रतिक्रिया