३ कार्तिक २०८३, मंगलबार

के बन्छु भन्ने थाहै थिएन : निर्देशक पाण्डे

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्देशक देवेन्द्र पाण्डे भविष्यमा के बन्छु भन्ने थाहा थिएन । तर, कलाक्षेत्रमा लाग्छु भन्ने भित्रैदेखि लागेको थियो । उनको मनभित्र लागेको उत्साह कालान्तरमा गएर पूरा भएको छ ।

निर्देशक पाण्डेले ठूलो पर्दाका दुई फिल्म निर्देशन गरेका छन् । ‘वान साइड लभ’ र ‘भिलेन’ निर्देशन गरेका उनले नेपाली सेनाबाट उत्कृष्ट डकुमेन्ट्री बनाए वाफत पुरस्कार पाएका थिए । उनलाई ‘राष्ट्रको पहरेदार’ नामक डकुमेन्ट्री बनाएका हुन् ।

डकुमेन्ट्री बनाउने रहर कसरी भयो भन्ने प्रश्नमा निर्देशक पाण्डे भन्छन्, ‘काम भनेको सबै गर्नुपर्छ । डकुमेन्ट्री बनाउँदा आफूभित्रको कलालाई झन् बाहिर ल्याउन सकिन्छ कि भनेर निर्देशन गरेको हुँ ।’ फिल्ममा निर्देशन गर्दा पनि र डकुमेन्ट्र निर्देशन गर्दा अनुभव उस्तै लागेको बताउने पाण्डेले भने, ‘काम भनेको कामै हुन्छ । जे काम गरे पनि दिमाग लगाउनुपर्छ । दर्शकलाई कथाको विषयवस्तु बुझाउन सक्छु पर्छ ।’

फिल्म निर्देशनबाट बचेको समय पाण्डेले म्युजिक भिडियोहरूमा निर्देशन गर्ने गरेका छन् । अहिलेसम्म यति नै म्यजिक भिडियो बनाए भन्ने उनलाई याद छैन । तर, उनी भन्छन्, ‘म्युजिक भिडियोको निर्देशन, कोरियो ग्राफर, सहायक र मुख्य सहायक निर्देशन सबै गरेर पाँच सयभन्दा धेरै गरेको छु ।’

भविष्यमा के छ योजना भन्ने जिज्ञासामा पाण्डेले भने, ‘फिल्म निर्देशनमा कसरी राम्रो गर्न सक्छु भन्नेछ । भविष्यमा आफ्नै फिल्म निर्देशनसम्बन्धी स्कुल चलाउन सकिन्छ कि भन्ने सोँच छ ।’ उनले अहिले भने फिल्म र म्युजिक भिडियोहरूमा निर्देशन गरेर अगाडि बढ्ने बताउँछन् ।

धादिङ घर भएका पाण्डे ०५८ सालदेखि निर्देशन क्षेत्रमा लागेका हुन् । पाण्डेले फिल्म निर्देशनका क्रममा धेरै कलाकारहरूसँग काम गरेको अनुभव सुनाए । ‘मैले धेरै कलाकारसँग काम गरेको छु’, उनले भने, ‘जतिसँग काम गरेको छु सबैसँग सहज भएको छ । अफ्ठ्यारो भएको छैन ।’