ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याकाण्डमा एमाओवादी नेता बालकृष्ण ढुंगेलसँगै ओखलढुंगा जिल्ला अदालतबाट सजाय पाएका माओवादीका पूर्व कार्यकर्ता पुष्कर गौतमलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ। जिल्ला अदालत काठमाडौंले मंगलवार साँझ ५.३० बजे कैदी पूर्जी बनाएर गौतमलाई कारागार चलान गरेको हो।
हत्याकाण्डका योजनाकार मानिएका पुष्कर गौतमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले मंगलबार दिउँसो काठमाडौंको बागबजारबाट पक्राउ गरेको हो ।















प्रतिक्रिया