३ कार्तिक २०८३, मंगलबार

इण्टीमेट सिन दिँदा निर्देशकले ‘कट’ भन्दापनि रोकिएनन् यी नायक

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । बलिउड होस् या हलिउड नायक नायिका इण्टीमेट सिन (अंतरंग दृश्य) खिच्न अप्ठ्यारो मान्ने गर्छन् । फिल्मको सेटमा भएका सयौँ मानिसहरुको बीचमा यस्तो अभियन गर्दा नायक नायिकालाई अप्ठ्यारो महशुस हुनु स्वभाविक पनि हो । यस्तो अभिनय गर्न पक्कै पनि सहज हुँदैन । तर यस्तो दृश्य हेर्दा दर्शकलाई यो कसरी गरे होलान् भन्ने खुल्दुली चाँही हुन्छ नै ।

अंतरंग दृश्य खिच्दा नायक नायिकाले अप्ठ्यारो महशुस गरेका कयौँ उदाहरणहरु छन् । तर यस्तो दृश्यको क्रममा नायक नायिका उत्तेजक भएका घटना पनि छन् । कयौँ अवस्थामा यस्तो पनि हुन्छ की निर्देशकले ‘कट’ भन्दा पनि नायक नायिका रोकिदैनन् ।

केही समय अघि मात्रै रिलिज भएको सिद्धार्थ मल्होत्रा अभिनित चलचित्र ‘अ जेण्टलम्यान’मा पनि अंतरंग दृश्यको एक खण्ड थियो । सो दृश्यको छायंकनको क्रममा निर्देशकले कट भन्दा पनि नायक नायिका एकअर्कामा हराइरहेका थिए । तर यो पहिलो घटना भने होइन । यसअघि पनि नायक नायिकाले अंतरंग दृश्यको क्रममा नियन्त्रण गुमाएका थिए । त्यसपछि उनीहरुलाई लाजको महशुस पनि भएको थियो ।

फिल्म ‘आई डण्ट लभ यु’मा रुसलान मोमताज र चेतनाको किस सिन एक अलग तहमा पुगेको थियो । दुईजनाको बीचमा किसिङ सिन चलिरहेको थियो । सो क्रममा रुसलान उत्तेजक भएर चेतनाले लगाएको ड्रेसको चेन खोलिदिँदा उनको ड्रेस तल सर्न पुगेको थियो । त्यसपछि रुसलानले माफि पनि मागेका थिए ।

यस्तै दृश्य विनोद खन्ना र डिम्पल कपाडियाको फिल्म ‘प्रेम धरम’मा पनि देखिएको थियो । वर्षातमा नाचिरहेकी डिम्पललाई विनोदले किस गरिरहेका थिए । निर्देशकले ‘कट’ भने तर विनोदले डिम्पललाई छोडेनन्, उनले किस सिनलाई जारी राखे । त्यो घटना पछि निर्देशक महेश भट्टले नायिका डिम्पलसँग माफि मागेका थिए ।