एजेन्सी । शाहरुख खानका फ्यानका लागि एउटा खुसीको खवर छ । शाहरुख र प्रियंका चोपडा अभिनित चलचित्र ‘डन’को सिक्वेल ‘डन–थ्री’ चाडै आउन सक्ने खवर बाहिर आएको छ ।
यदि सबैकुरा भनेजस्तो भएमा ‘डन–थ्री’को निर्माण चाडै सुरु गरिने निर्माता रितेश सिधवानीले आश्वासन दिएका छन् । चलचित्र ‘फुकरे रिटर्न्स’को प्रचारप्रसारमा व्यस्त रहेका निर्माता सिधवानीले राम्रो स्क्रिप्ट आएमा ‘डन–थ्री’ बन्न सक्ने बताएका छन् । आफूहरु ‘डन–थ्री’ बनाउने दिशामा गम्भीरताका साथ लागेको निर्माता सिधवानीले बताएका छन् ।

सिधवानीले फरहान अख्तरसँग मिलेर ‘डन’ र ‘डन–२’ निर्माण गरेका थिए । ‘डन’ शृंखलाका यी दुई चलचित्रमा शाहरुख र प्रियंकाले मुख्य भुमिका निभाएका छन् । दुवै चलचित्र बक्स अफिसमा सुपर हिट हुन सफल चलचित्र हुन् ।
















प्रतिक्रिया