३ कार्तिक २०८३, मंगलबार

‘पिँजडा ब्याक अगेन’को ‘तिमी पनि आधा, म पनि आधा…’ गीत रिलिज

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली फिल्म ‘पिँजडा ब्याक अगेन’ फिल्ममा समावेश भएको ‘तिमी पनि आधा म पनि आधा’ बोलको गीत सार्वजनिक गरिएको छ ।

पिँजडा ब्याक अगेनका निर्माताले आइतबार राजधानीमा प्रेसमिट गरी सो गीत प्रदर्शन गरेका हुन् ।

हिमाल केसीको निर्देशनमा बनेको फिल्मको सो गीतमा निखिल उप्रेती र सारा श्रीपालीले नृत्य गरेका छन् । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीत अर्जुन पोखरेल र अञ्जु पन्तले गाएका हुन् । मुक्ता उदासले लेखेको गीतको संगीतकार अर्जुन पोखरेल हुन् ।

माघ ४ गते प्रदर्शन हुने फिल्ममा निखिल, साराका साथमा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ, विना थापालगायतले अभिनय गरेका छन् । एक्सन लभस्टोरी बताइएको फिल्मले ‘कुकु’ बोलको गीतले राम्रै चर्चा पाइरहेको छ ।