२२ कार्तिक २०८३, आइतबार

सत्खलुवालाई प्रमुख पर्यटकीय गन्तब्य बनाउने वाम उम्मेदवार हिमालको घोषण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– डिपी दर्लामी

बर्दिया, २८ कात्तिक । बर्दियाबाट प्रदेश सभा १ (२) का उम्मेदवार तिलक शर्मा (हिमाल) ले बारबर्दिया नगरपालिका वडा नं. ९ मा रहेको सिमसार सत्खलुवा ताललाई नेपाललकै लागि नमूना पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका नेता एवं बाम बठबन्धनबाट बर्दिया प्रदेश सभा १ (२) का उम्मेदवार तिलक शर्मा (हिमाल) ले बार बर्दिया ९ स्थित खैरेनी गाउँमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।

बर्दियाबाट प्रतिनीधि सभाका लागि उम्मेदवार हुनुभएका नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले केन्द्रको नेतृत्व गर्ने र आफुले प्रदेश नं. ५ को नेतृत्व गर्ने गरी निर्वाचनमा होमिएको बताउँदै बर्दिया जिल्लालाई सम्बृद्ध बनाउनका लागि आफ्नो जीवन बलीदान गर्ने हिमालले प्रतिबद्धता जनाउनुभयो । प्राकृतिक रुपमा सुन्दर मनोमोहक रहेको सत्खलुवा ताललाई पर्यटकिय रुपमा विकास गरी चराको प्राकृतिक बासस्थान ब्यवस्थापन गरी दैनिक सयौं पर्यटक भित्रिन सक्ने गरी सिमसार तालको ब्यवस्थापन गर्ने बताउनुभयो ।

सत्खलुवा ताललाई पर्यटकिय गन्तब्यका रुपमा विकास गरी रोजगारीको सृजना गर्ने गरी विकासको कामलाई अगाडी बढाईने समेत हिमालले प्रतिबद्धता जनाउनुभयो । त्यसैगरी निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने जनतालाई बर्षेनी बन्यजन्तुले क्षति गर्ने भएकोले बन्यजन्तु आवत जावत गर्न नसक्ने गरी स्थायी किसिमको तारबारको ब्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

बाढी पीडितले राहत नपाएको गुनासो गरेपछि हिमालले भन्नुभयो ‘निर्वाचन पछि एक महिना भित्र राहतबाट छुटेका बाढी पीडितहरुले राहत पाउने छन र बाढी गाउँ पस्ने भादा खोलालाई एक बर्ष भित्र स्थायी तटबन्ध गरिने छ ।’