२९ आश्विन २०८३, बिहिबार

सुन लुटेर भाग्न खोज्दा इनारमा खसेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taskari-Gold-850x636काठमाडौं, ४ मंसिर । काठमाडौंमा २७ हजार रुपियाँ र करिव ७ तोला सुन लुटेर भाग्ने क्रममा एकजनाको इनारमा खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं दक्षिणकालीका हरिओम केसी छन् । तर, महानगरीय प्रहरी जनसेवा बृत्तका डीएसपी वेद विष्टका अनुसार मृतकको सही पहिचान खुलेको छैन् ।

काभ्रेका चेतन लामा र केसीले धर्मपथको एक गहना बनाउने स्थानबाट उक्त रकम र सुन लटेको प्रहरीको भनाइ छ ।

लुटपाटपछि होहल्लाले नजिकैको प्रहरी सो स्थानमा पुग्दा प्रहरीलाई छल्न भाग्दै गरेका उनको इनारमा खरेर मृत्यु भएको हो । बुधबार राति सवा नौ बजे उनीहरुले सुन र पैसा लेटेका थिए ।

दुई जना लटेरामध्ये लामा पहिले पक्राउ परेको र केसीको खोजी गर्ने क्रममा झोँसेको पिउने पानीको इनारमा खसेको अवस्थामा फेला परेका थिए ।

झण्डै २० फिट गहिरोमा खसेका उनको इनारभित्रै मृत्यु भइसकेको प्रहरीको भनाइ छ । लुटेराहरुले सुन बनाउँदै गरेका चार जनालाई बाधेर नियन्त्रणमा लिएपछि सुन र पैसा लुटेका थिए ।