२२ कार्तिक २०८३, आइतबार

वाम गठबन्धनले जगायो दोलखाको उत्तरी गाउँ

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, २८ कात्तिक । चुनावी प्रचार अभियान लिएर दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ को उत्तरी क्षेत्र पुगेका बाम गठबन्धनका उम्मेदवारलगायतका टोलीलाई स्थानीय जनताले भव्य स्वागत र जितको शुभकामना दिएका छन् ।

घरघरबाट फुलका थुङ्गा, माला र खादा बोकेर आएका बुढापाकादेखि युवकयुवतीसमेतले बाम गठबन्धनका उम्मेदवारहरुलाई जितको शुभकामना दिन लर्को लागिरहेका छन् । यही शनिवारदेखि भिमेश्वर नगरको सुस्पाबाट सुरु भएको उत्तरी क्षेत्रको चुनावी यात्रा सुन्द्रावती, सुनखानी, लापिलाङ हुँदै मंगलबार लामिडाँडा र कालिञ्चोक पुग्दा हजारौ जनताले बाम गठबन्धनले अघि सारेका उम्मेदवारहरुलाई मत दिने कसम खाएका छन् ।

दक्षिणी क्षेत्रको चुनावी कार्यक्रम सकेर उत्तर पसेका एमालेको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार पार्वत गुरुङ र प्रदेशसभातर्फ दोलखा २ नम्बर क्षेत्रका उम्मेदवार पशुपति चौंलागाईको पक्षमा उत्तरी क्षेत्रका मतदाताहरु देखिएका छन् । ‘हामीलाई नेताहरु बेलाबेलामा अइदिएर पुग्छ, हामी हिजो पनि बामपन्थी, आज पनि बामपन्थी,’ लापिलाङमा भएको आमसभामा सहभागी ६६ बर्षिय धनबहादुर थामीले बताए । उक्त सभामा करिब सातसय जनाको सहभागिता थियो ।

उत्तरमा बाम गठबन्धनको संगठनमा खस्कदै छ भन्नेहरुलाई चुनौती दिदै पञ्चेबाजा, धामी, झाक्रीसहित आएका जनताले उम्मेदवारहरुलाई टिका लगाइदिदै विजयको माला लगाएर फेरि आउनु भनिरहेका थिए ।

७० प्रतिशत मत बाम गठबन्धनको पक्षमा

उत्तरी क्षेत्र पसेको अभियान टोलीमध्ये प्रतिनिधिसभा उम्मेदवार पर्वात गुरुङ र जिल्ला समन्वय समिति सभापति डबल पाण्डेको उपस्थितिमा कालिञ्चोक गाउँपालिका वडा नम्बर १ मा बृहत कार्यकर्ता भेला भेला सम्पन्न गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका वडास्तरीय ६० जना सहभागी अगुवा कार्यकर्ता भेलामा सहभागीहरुले ८० प्रतिशत मत बाम गठबन्धनको पक्षमा आउने बताए ।

उम्मेदवार पार्वत गुरुङले बाम गठबन्धनको सहयात्रा चुनावपछि पनि जारी रहने र सरकार बनाउनका निम्ती भएको बताए । स्थानीय रुपमा चुनावमा कृयाशील हुन कुनै कसरत बाँकी नराख्न अनुरोध गर्दै उनले बाम सकार बनेपछि कालिञ्चोक क्षेत्रको विकासको ढोका खुल्ने बताए ।