बारा, २८ कात्तिक । राजपाका केन्द्रीय सदस्य मुमताज आलम ठकुराही सहित २ दर्जन कार्यकर्ता बाम गठबन्धनमा प्रवेश गर्नु भएको छ । आज बाराको बिश्रामपुर इटिहायीमा आयोजित संयुक्त बाम गठबन्धनको जनभेलामा प्रवेश गर्नु भएको हो ।
प्रवेश पछि बोल्दै ठकुराहीले राजपाको भविश्य नभएको र जनताको पक्षमा एउटा पनि काम नगरेको कारणले बाम गठबन्धनमा प्रवेश गरेको बताउनु भयो ।
कार्यक्रममा एमालेका नेता तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले अबको निर्वाचनमा बाम गठबन्धनले दुई तिहाई स्थानमा बहुमत ल्याउने दावी गर्नुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य दिनेश राईले समग्र तराई मधेशको विकास गर्ने पार्टी एमाले मात्र भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्र, बाराका संयोजक क्षेत्र बहादुर श्रेष्ठ (अनिल)ले बाम गठबन्धन बस्तुगत आवश्यकता भएकोले साझा उम्मेदवारलाई जिताउन अपिल गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष धर्मदेव यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व सभासद जयराम दाहाल, एमालेका नेता तथा बारा क्षेत्र नं. ४ का साझा उम्मेदवार देवनारायण चौधरी, माओवादी केन्द्रका नेता तथा बारा क्षेत्र नं. ४(ख) का साझा उम्मेदवार उमेश कुशवाह, एमाले बाराका प्रचार बिभाग प्रमुख एवम बारा क्षेत्र नम्बर ४ का संयोजक मनोज पौडेल, एमाले जिल्ला सचिवालय सदस्य तथा समानुपातिक उम्मेदवार अमर यादव, एमाले जिल्ला सदस्य मालती कुशवाह र लवकुश बैठा लगायतले बोल्नु भएको थियो ।













प्रतिक्रिया