चन्द्रौटा (कपिलवस्तु), २७ कात्तिक । विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका मुस्लिम नेता अब्दुल वफा उर्फ ‘मुन्नु खाँ’सहित दुई दर्जन नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रले आयोजना गरेको विशेष कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका जिल्ला समिति सदस्य तथा मुस्लिम मोर्चाका संयोजक मुन्नु खाँसहितका नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बामगठबन्धनको तर्फबाट प्रतिनिधिसभा १ का उम्मेदवार चक्रपाणी खनाल (बलदेव)ले नवप्रवेशी खाँलाई टीका तथा पार्टी सदस्यता वितरण गरी प्रवेश गराएका थिए ।
माओवादी केन्द्र प्रवेशपछि सभामा बोल्दै ‘मुन्नु खाँ’ले जनवादी क्रान्तिको नाममा विप्लव समूहले देशलाई अशान्तितर्फ लैजाने देखेपछि आफू उक्त पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको बताए । आर्थिक जनवादी क्रान्तिका लागि बाम गठबन्धनको एकता अनिवार्य भएको भन्दै उनले पार्टी एकीकरण पश्चात थुप्रै बाहिर बसेका इमान्दार कार्यकर्ता पार्टीमा फर्कने दाबी गरे । मुन्नुसँगै नेकपामा आबद्ध २ दर्जन कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रका प्रतिनिधि सभा १ का सहसंयोजक विजय प्रकाश जैसवालले जानकारी दिउ ।











प्रतिक्रिया