३० आश्विन २०८३, शुक्रबार

साउदीमा लखनपुरका एक युवाको मृत्यु, बुबा र आमा मूर्छित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक ।  रोजगारीका लागि साउदी अरब पुगेका झापा लखनपुर–१ पाडाजुँगी निवासी सुनिल हलुवाइको मृत्यु भएको छ ।

डेढ वर्षअघि साउदीको लुलु मार्केटमा सुपरभाइजरको काम गर्दै आएका २९ वर्षीय हलुवाइको सोमबार साँझ काम गर्दागर्दै हृदयघात भएर ज्यान गएको थियो ।

कम्पनीमा काम गरिरहेका बेला अकस्मात ढलेका उनको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको परिवारजनले बताएका छन् ।

यसैबीच छोराको विदेशमा मृत्युको खबर  पाएपछि उहाँका बुबा शेरकटु र आमा कलामती मूर्छित भएका छन् । दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।