१२ मंसिर २०८३, शनिबार

निवर्तमान जिल्ला कोषाध्यक्षसहित कांग्रेस कार्यकर्ता एमाले प्रवेश, माधव नेपालले भित्र्याए

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २७ कात्तिक । नेपाली काँग्रेस ललितपुरका निवर्तमान जिल्ला कोषाध्यक्ष हिरा पौडेलसहित ३ दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले नवप्रवेशीलाई स्वागत गर्दै इमान्दार, देशभक्त र राष्ट्रवादीहरु एमाले र बाम गठबन्धनमा ध्रुवीकरण हुनुपर्नेमा जोड दिएका छन् । देशैभर राष्ट्रियता, जनपक्षीयता र संविधानको कार्यान्वयनका पक्षधरहरु बाम गठबन्धनमा ध्रवीकरण भएकाले अवको निर्वाचनमार्फत मुलुक आर्थिक समृद्धिको युगमा प्रवेश गर्ने पनि नेता नेपालले बताए ।

ललितपुर क्षेत्र नं २ मा राम्रो प्रभाव राख्ने काँग्रेसका निवर्तमान कोषाध्यक्ष पौडेलको प्रवेशले महत्वपूर्ण अर्थ राख्ने एमाले नेता तथा ललितपुर २ अन्तर्गत क प्रदेशका उम्मेदवार माधव पौडेलले बताएका छन् ।

नवप्रवेशी पौडेलले एमाले प्रवेश गरेर बाम गठबन्धनलाई मुलुकको समृद्धिको जिम्मा लगाउने बाहेक कुनै स्वार्थ नलिईकन यो राजनीतिक निर्णय लिइएको र राष्ट्र जोगाउने र समृद्धिको बाटोमा गएको देख्न चाहनेले एमाले र बाम गठबन्धनमा प्रवेश गर्नुपर्ने बताए ।