१२ मंसिर २०८३, शनिबार

धनुषा ४ मा एमालेको प्रतिस्पर्धी नै देखिन : रघुवीर महासेठ

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । धनुषा जिल्ला क्षेत्र नं. ४ मा नेकपा (एमाले)बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका रघुवीर महासेठले एमालेविरुद्ध प्रतिस्पर्धी नै नदेखेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासेठले धनुषा ४ मा एमालेले सजिलै जित्ने दाबी गरे । ‘धनुषा क्षेत्र ४ मा कम्युनिष्टहरूको तर्फबाट मेरो उम्मेदवारी छ’, उनले भने, ‘मैले मेरो प्रस्तिस्पर्धी कसैलाई देखेको छैन ।’

कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका महेन्द्र यादवलाई मधेसी जनताले पराजित गरिदिने उनले दाबी गरे । ‘महेन्द्र यादवलाई मैले प्रतिस्पर्धी नै ठान्दिन’, उनले भने, ‘माओवादी केन्द्रको भोट पनि मलाई आउँछ । त्यस्तो अवस्थामा अरुले जित्ने कुरै हुँदैन ।’