१ कार्तिक २०८३, आइतबार

कोरियामा ग्यालबो ल्होसार मनाउने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरिया । कोरियामा लामो समयदेखि बसोबास गर्दै आएका शेर्पा समुदायको संस्था शेर्पा संघ दक्षिण कोरियाले ग्यालबो ल्होसार मनाउने निर्णय गरेको छ ।
फेनतेकमा बसेको संघको बैठक ल्होसार भव्य रुपमा मनाउने निर्णय गरेको संघका अध्यक्ष शेर शाङबो शेर्पाले जानकारी दिए ।

प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म, संस्कार सांस्कृतिकको संरक्षण, सम्बर्द्धनमा विशेष सहयोग पुगाउन र कोरियामा स्थापना भएको नेपाली भाषी संघ संस्था र नेपालीहरूवीच एकता, समन्वय, सद्भाव बढाउनका लागि ल्होसार मनाउने निर्णय भएको उनले बताए ।

ल्होसारको कार्यक्रममा स्थानीय शेर्पा समुदायका कलाकारहरूको प्रस्तुति रहनेछ । खाने, पिउने सहितका विभिन्न कार्यक्रम ल्होसाको आकर्षक रहने छन् ।

यसैबीच, शेर्पा संघ दक्षिण कोरियाले सिन्धुपाल्चोक जिल्ला लिस्ती स्थाई घर भई २ वर्षा अगाडि कोरिया आएका निमा शेर्पालाई आर्थिक सहोग प्रदान गरेको छ । शेर्पालाई ३ लाख ४१ हजार वान सहयोग गरेको संघले जनाएको छ ।