अमेरिका । कानूनी सहयता नपाएर बिदेशमा दुःख पाएका नेपालीको सहयोगका लागि स्थापना भएको एनआरएन लिगल डिफेन्स फाउण्डेशनले कामको शुरु गरेको छ ।
केही दिन पहिला काठमाडौंमा एक बिषेश कार्यक्रमका बीच फाउण्डेशनले कानूनी सहयताको सुरुवात गरेको हो । फाउण्डेशनले कानूनी सहायता नपाएका मध्यपूर्व क्षेत्रका नेपालीहरूलाई सहयोगको आब्हान समेत गरेको छ ।
फाउण्डेशनका प्रमुख संरक्षक तथा बरिष्ठ अधिवक्ता खग्रेन्द्र क्षेत्रीले मध्यपूर्वका देशमा पुगेका नेपालीहरूले बिभिन्न कारणले दुःख पाउने गरेको बताए । उनले कानूनी झमेलामा परेर अनावश्यक दुःख पाएकाहरूलाई फाउण्डेनशनले सहयोग गर्ने बताए ।
फाउण्डेशनका सदस्य पिताम्बर भुषालले पनि मध्यपूर्वमा रहेर कानूनी सहायता गर्न आफूहरूले थानी गरेको बताए । उनले दुःख पाएका नेपालीहरूलाई एनआरएनमार्फत कानूनी सहायतामा आउन आग्रह गरे ।
फाउण्डेशनको नेतृत्वमा कानून व्यवसायीहरू हरिप्रसाद पाण्डे, पिताम्बर भुषाल, समिर जिसी, सुशीलप्रसाद अधिकारी, गोबिन्द प्रसाद उपाध्याय, सकुन भण्डारी लगायत रहेका छन् ।
















प्रतिक्रिया