१२ मंसिर २०८३, शनिबार

श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ कात्तिक । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौँ जोरपाटी–२ नयाँ बस्तीस्थित सानु बनको घरमा डेरा गरी बस्ने रामलाल बिकले आफ्नै श्रीमती वर्ष १८ की रबिना बिकलाई धारिलो हतियारले घाँटी रेटी हत्या गरेर फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को विशेष टोलीले पक्राउ गरेको हो ।

कर्तब्य ज्यान मुद्दाको आरोप लागेका बिक कास्कीको पोखरा लेखनाथ महानगरपालिकामा लुकीछिपी बस्दै आएको बिशेष सूचनाको आधारमा उनलाई सीआईबीले अमरसिंह चोक स्थितबाट पक्राउ गरेको हो । पक्राउ परेका बिकलाई आवश्यक कारवाहीको लागि महानगरिय प्रहरी बृत्त बौद्धमा बुझाईएको सीआईबीले जनाएको छ ।