काठमाडौं । ‘मिस नेपाल २०१७’ निकिता चाण्डक ‘मिस वर्ल्ड २०१७’को उत्कृष्ट ४० मा परेकी छन् । चीनमा जारी मिस वर्ल्ड प्रतियोगितामा ‘हेड टू हेड’ च्यालेञ्ज पार गर्दै उनी उत्कृष्ट ४० मा पर्न सफल भएकी हुन् ।
‘हेड टू हेड’मा समूह ३ बाट प्रतिस्पर्धा गरेकी चण्डकले आफ्नो उद्देश्यसहितको नेपाली परिवेशको भिडियो प्रस्तुत गरेकी थिइन् । सयौं सुन्दरीका भिडियोका लागि विश्वभर भोटिङ समेत खोलिएको सो प्रतियोगितामा उनी विजेता भएकी हुन् । उनको च्यालेञ्ज भिडियो यूट्यूब ट्रेन्डिङमा समेत आएको थियो ।
‘हेड टू हेड’मा च्यालेञ्जमा विजेता भएपछि चाण्डकले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू टप ३० मा पुग्नका लागि उत्साहित रहेको उल्लेख गरेकी छन् ।
चण्डकले टप मोडल, उत्कृष्ट प्रतिभा, ब्यूटी विद प्रपोज र मिस मल्टिमेडियामा अन्य प्रतिस्पर्धीसँगै प्रतिस्पर्धा गरिरहेकी छन् । मिस मल्टिमिडियाको लागि भोटिङ खुला गरिएको छ ।
यस्तै, फाइनलको मुख्य विधा मानिने ‘ब्यूटी विथ पप्रोज’को लागि मिस नेपाल निकिता चण्डकले नेपाली युवतीहरूको महिनावारी संस्कृतिमाथि प्रोजेक्ट तयार गरेकी छिन् ।
११९ देशका सुन्दरीहरूको सहभागिता रहेको मिस वर्ल्ड २०१७ को अन्तिम प्रतिस्पर्धा मंसिर २ मा हुँदैछ ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?time_continue=202&v=SCWv7SkOWVg















प्रतिक्रिया