काठमाडौं, २६ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ ।
आइतबार आफ्ना निजी सचिव पशुपतिभक्त महर्जनलाई विष्टको घर पठाउँदै पूर्वराजा शाहले विष्टको निधनप्रति श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो ।
विष्टको शनिबार विहान ज्ञानेश्वरस्थित निवासमै निधन भएको थियो । र, हिजो साँझै अन्त्येष्टि गरिएको थियो ।
विष्टका परिवारसँग भेट गर्दै निजी सचिव महर्जनले पूर्वराजा, ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, पूर्व मुमाबडामहारानी रत्नका तर्फबाट शोक सन्देश सुनाउनुभएको थियो ।












प्रतिक्रिया