एजेन्सी । संसार केही यस्ता महिलाहरु पनि छन्, जसको शरीर कुनै चमत्कार भन्दा कम छैन । कोही महिला रबर जस्तो लचिलो शरीर भएका छन् त कोही पत्याउनै नसकिने अजिव शरीर भएका छन् । यिनीहरुलाई पहिलो पटक हेर्दा जोकोहीलाई पनि पत्याउन गाह्रो होला तर यो सत्य हो । यी हुन् ति महिलाहरु जस्को शरीर हेरेर जोकोही पनि अचम्ममा पर्नेछः

१. पिक्सी (Pixee)
बच्चा हुँदा केटीहरुलाई बार्बी डल विशेष मन मराउने गर्दछन् । तर पिक्सी नामकी एक महिलाले यसलाई अलि बढि नै गम्भीर रुपमा लिइन् । पिक्सी एक ग्लामर मोडल हुन् । जसले बार्बी डल जस्तो देखिनको लागि २०० भन्दा बढि सर्जरी गराइन् । सर्जरीको क्रममा उनले ५ लाख पाउण्ड अर्थात ६ करोड भन्दा बढि खर्च गरिसकेकी छिन् । पिक्सीको कम्मर मात्र १६ इन्चको छ ।
२. एबी र ब्रिटानी
अमेरिकाकी एबी र ब्रिटानी एक जुम्लाहा दिदी बहिनी हुन् । उनीहरुको शिर त अलग छ तर शरीर एउटै छ । यिनीहरुको केही अंग दोब्बर छन् । उनी शरीर जोडिएका दुई फरक व्यक्तिहरु हुन् ।
३. एलेन (Elaine)
ब्राजिलकी एलेनले सबैभन्दा बढि शरीर छेँड्ने महिलाको रुपमा रेकर्ड बनाएकी छिन् । एलेनको शरीरमा ७ हजार भन्दा बढि छेँडिएको छ ।
४. क्रिस्टिना रे (Kristina Rei)
रुसकी क्रिस्टिनाले सबैभन्दा ठूलो ओठ हुने महिलाको रुपमा रेकर्ड बनाएकी छिन् ।
५. च्यानेल (Chanel)
क्यालिफोर्नियाकी च्यानले आफ्नो नाम विश्वको सबैभन्दा लामो जिब्रो हुने महिलाको रुपमा दर्ता गराएकी छिन् ।
६. एनाष्टासिया (Anastasiya Shpagina)
एनाष्टासिया नामक एक रुसी महिला कार्टुन क्यारेक्टर जस्तै देखिन्छिन् । आफ्नो आँखालाई एनिमेटेड बनाउन एनाष्टासियाले सर्जरीको साहारा लिएकी छिन्
७. सुपात्रा (Supatra)
थाईल्याण्डकी सुपात्रा एक हाइपरट्रिकोसिस (Hypertrichosis) नाम रोगबाट ग्रसित छिन् । ११ वर्षको उमेर सुपात्रा विश्व सबैभन्दा बढि रौँ भएको महिला बनेकी छिन् ।
८. नटालिया (Natalia)
नटालिया एक रसियन भारत्तोलन गर्ने महिला हुन् । उनले १४ वर्षको उमेरदेखि बडि बिल्डिङ सुरु गरेकी थिइन् ।
९. लरेन (Lauren Williams)
अमेरिकाकी लरेनले विश्वको सबैभन्दा अग्ली महिलाको रुपमा रेकर्ड दर्ता गराएकी छिन् । पौडीवाज तथा मोडल लरेनको खुट्टामात्रै ४ फिट १ इन्च जति लामो छ । उनको कुल उचाई ६ फिट ४ इन्चको छ ।
१०. ज्लाता (Zlata)
ज्लाता संसारकी सबैभन्दा लचिलो शरीर भएकी महिला हुन् । उनी केही समयदेखि जिम्नाष्ट रहँदै आएकी छिन् ।















प्रतिक्रिया