झापा, २६ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसले भारतसँग बिगारेको सम्बन्धलाई आफूले सुधार गरेको दाबी गरेका छन् ।
गृहजिल्ला झापामा आइतबार बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भारतसँगको सम्बन्ध सुधार गरेर नयाँ नयाँ सम्झौताहरू गरेको बताए ।
‘कांग्रेसको नेतृत्वमा सरकार थियो । त्यो सरकारका पालामा भारतसँग सम्बन्ध बिग्रिएको थियो । नाकाबन्दी लागेको थियो । त्यस्तो अवस्थामा मैले सरकारको नेतृत्व गरेको हुँ’, उनले भने, ‘कांग्रेसले बिगारेको सम्बन्ध सुधार गरेर नाकाबन्दी हटाएँ । भारत भ्रमणमा गएँ । नयाँ–नयाँ सम्झौता गरे ।’
नेपाली कांग्रेसले भ्रमको खेती मात्रै गर्न जानेको ओलीको आरोप छ । ‘कांग्रेसले केही पनि राम्रो काम गर्दैन’, उनले भने, ‘भ्रमको खेती मात्रै गर्न जानेको छ । भारतसँगको सम्बन्ध मैले सुधार गरेँ । उसले दाबी गर्छ ।’











प्रतिक्रिया