१२ मंसिर २०८३, शनिबार

‘जबज’ मान्न माओवादी तयार, ‘जनयुद्ध’मा बहस जारी

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । मएमाले र माओवादी केन्द्रले एकीकरणको सैद्धान्तिक मस्यौदा तयार गरेर चुनावको सम्मुखमा एकीकरण घोषणा गर्ने लक्ष्य राखेका छन् ।

तत्काल केही बुँदामा पार्टीको सैद्धान्तिक मस्यौदा बन्नेछ । त्यसैको आधारमा सम्भवतः मंसिर ९ गते पार्टी एकीकरणको घोषणा गर्ने नेताहरूको तयारी छ ।

चुनावी सभाहरूमा निर्वाचनपछि कम्युनिष्टको एकता भनिए पनि कार्यकर्ताले तत्काल विश्वास नगर्दा चुनावमा समेत असर पर्नसक्ने अवस्थालाई मूल्यांकन गरी एकीकरणको घोषणा हुन लागेको हो । पार्टी एकीकरण भयो भने दुईतिहाई मत आउने विश्वास एमालेको छ ।

मस्यौदामा एमालेले अख्तियार गरेको बहुदलीय जनवादलाई माओवादी केन्द्रले स्वीकार गर्ने विषयमा सहमत भइसकेको छ । एमालेमा माओवादी जनयुद्धलाई कतिसम्म स्वीकार गर्ने कि त्यसलाई आन्दोलनका रूपमा व्याख्या गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।

पार्टी एकीकरण गर्नेसम्मको उद्देश्य राखेर दुई पार्टीबीच वाम गठबन्धन भएको थियो । त्यहीअनुरूप उम्मेदवारसमेत तय गरेर दुवै पार्टी आआफ्ना चुनाव चिह्नमा मतदान गर्ने वातावरणसमेत तयार गरिरहेका छन् ।

एमालेले माओवादी केन्द्रलाई समर्थन गरेको स्थानमा माओवादी केन्द्रको चुनाव चिह्न हसिया हथौडामा मत मागिएको छ भने माओवादी केन्द्रले एमालेलाई समर्थन गरिएको स्थानमा एमालेको चुनाव चिह्न सूर्यमा मत मागिरहेको छ ।

एमाले र माओवादी केन्द्रका जनवर्गीय संगठनहरूबीच संयुक्त बैठक सुरु भइसकेका छन् । कांग्रेसका उम्मेदवारहरूले वामपन्थीको सरकार आए अधिनायकवाद लाद्ने जिकिर गरिरहेका बेला पार्टी एकीकरण नै गरेर अघि बढ्दा भ्रम चिर्न सकिने विश्वासका साथ दुवै पार्टीका शीर्ष नेताहरू निर्वाचनअगावै एकीकरण गर्ने अभियानमा जुटेका हुन् ।