१ कार्तिक २०८३, आइतबार

न्यूयोर्कमा नेपालको लागि बिदेशी कलाकारले गीत गाए

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

अमेरिका । न्यूयोर्कमा विदेशीले असल कारणको लागि नेपालको लागि आयोजना गरेको विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

नोभेम्बर ९ तारिख बिहीबारका दिन भएको उक्त कार्यक्रममा न्यूयोर्कस्थित महाबाणिज्य दूताबासका नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनी प्रमुख अतिथि रहेका थिए ।

नेपालको लागि कोष वृद्धि कार्यक्रम भएता पनि कार्यक्रममा बिदेशी कलाकारले नेपालको लागि समर्पण गर्दै गीत रचना गरी गाएका थिए ।

कार्यक्रममा झन्डै १ सय जति बिदेशीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सन् २०१५ मा नेपालमा गएको भूकम्पको श्रब्य दृश्य देखाईएको थियो ।

क्याटेरय्नाले नेपालमा भूकम्प गएको झन्डै अढाई वर्ष बिति सक्दा पनि अझ मानिसहरू गाउँ घरमा घर पुनर्निर्माण गर्न सकेका छैनन् । अझ पनि उनीहरू अस्थाई टहरामा बस्न बाध्य छन् भनिन ।