१ कार्तिक २०८३, शनिबार

रगतको खोलो बग्ने धम्कीले अध्यक्ष ओली नडराउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-oli-newकाठमाडौं, ३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाओवादीले रगत खोलो बग्ने धम्की दिए पनि माघ ८ मै  संविधान जारी गर्ने दाबी गरेका छन् ।

उनले विभिन्न कोणबाट संविधान जारी गर्न नदिने षडयन्त्र भइरहेको बताउँदै भने जसले जे गरे पनि हामी जसरी पनि माघ ८मा संविधान जारी गर्दछौं। अब देशलाई अराजकता र अन्योलमा राख्न हुँदैन ।

एमाले इलामको नवौ अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै ओलीले संविधानसभाबाट संविधान जारी गरे रगतको खोलो बगाउने एमाओवादीको अभिव्यक्तिको कडा आलोचना गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

ओलीले भने,  ‘संविधानसभाबाट संविधान जारी गर्दा रगतको खोलो बगाउने, यतिका वर्ष जनताको रगतको होली खेलेर अझै पुगेन र ?’